Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार दोब्बरले वृद्धि

प्रजना राई

विहीबार, ०७ कार्तिक २०७६, १५ : ५४ मा प्रकाशित

सेयर कारोबार दोब्बरले वृद्धि

अर्थ संसार, काठमाण्डौ -सेयर कारोबारको लागि यो साताको अन्तिम बिहीबार सेयर बजारमा सुधार देखिएको छ । लामो समय देखि निरन्तर गिरावट आएको बजारमा बिहीबार ६.७३ अंकले बढ्दा नेप्से परिसूचक ११४९.३४ बिन्दुमा रोकिएको छ ।

१५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता सेयर ३२ करोड ७६ लाख ३२ हजार २५८ रुपैयाँको सेयर कारोबार भएका छ । पछिल्ला दिनहरुको तुलनामा कारोबार रकम करिब दोब्बरले वृद्धि भएको छ । लामो समय देखि नेप्से सूचक साथै कारोबार रकममा पनि गिरावट आएको थियो । बिहीबार भने कारोबार रकममा पनि सुधार देखिएको छ ।


निर्जीवन बिमा बाहेक कारोबार भएका बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह ६.६३ अंकले माथि लागेको छ । कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । माछापुच्छ्रेको ७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


खरिदबिक्री रकममा दोस्रो र तेस्रोमा एनआइसी एसिया र प्रभु बैंक परेका छन् । अरुण भ्याली हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.३३५ ले कमाएका छन् । अधिकतम गुमाउनेमा अरुण काबेली हाइड्रोपावरका लगानीकर्ता छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको