Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संघहरूको संयुक्त विज्ञप्ति "लगानीकर्ताको अरबौं रुपैयाँ सम्पति गुमिसक्दा पनि जिम्मेवार निकायहरु बेखबर"

प्रजना राई

विहीबार, ०७ कार्तिक २०७६, १२ : ०४ मा प्रकाशित

लगानीकर्ता संघहरूको संयुक्त विज्ञप्ति "लगानीकर्ताको अरबौं रुपैयाँ सम्पति गुमिसक्दा पनि जिम्मेवार निकायहरु बेखबर"

अर्थ संसार,काठमाण्डौ - सेयर लगानीकर्ताहरुले पुँजी बजारको विकास र विस्तारमा अर्थमन्त्री युवराज खतिवडालाई गम्भीर बन्न ध्यानाकर्षण गराएका छन्।

पुँजी बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं रुपैयाँ सम्पति गुमिसक्दा पनि जिम्मेवार निकायहरु बेखबर बनेको भन्दै सरकार तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

अहिले लगानीकर्ता मर्मा्हित र स्तब्ध भएको समेत लगानीकर्ताका संगठनहरुले उल्लेख गरेका छन् ।

साथै, रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा पुँजी बजार सम्बन्धी अध्ययन गरेका, अनुभवी, योग्य, प्राविधिक ज्ञान, पूर्ण दख्खल भएका तथा बजारको सम्पूर्ण समस्या समाधान गर्न सक्ने व्यक्तिलाई तत्काल नियुक्त गर्न समेत माग गरिएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपाल का अध्यक्ष उत्तम अर्यालले विज्ञप्तिमा संयुक्त हस्ताक्षर गरेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको