Like us!
Follow us!
Connect us!
Watch us!

दुई भन्दा बढी सन्तान जन्माए सरकारी जागिरका लागि अयोग्य

प्रजना राई

बुधबार, ०६ कार्तिक २०७६, १७ : ३२ मा प्रकाशित

दुई भन्दा बढी सन्तान जन्माए सरकारी जागिरका लागि अयोग्य

एजेन्सी -भारतमा दुई भन्दा बढी सन्तान जन्माए सरकारी जागिरका लागि अयोग्य हुने भएका छन । दुईभन्दा बढी सन्तान जन्माएपछि सरकारी सेवामा जान अयोग्य ठहराइने नियम भारतका कतिपय राज्यहरुमा धमाधम बन्न थालेका छन ।
भारतको उत्तरपूर्वी राज्य आसामले सन् २०२१ देखि लागू हुनेगरी दुईभन्दा बढी सन्तान जन्माउने सरकारी सेवामा जान अयोग्य हुने नियम बनाउने निर्णय गरेको हो ।
राजस्थानले पनि दुईभन्दा बढी सन्तान हुनेलाई सरकारी जागिरका लागि अयोग्य ठहर्याउने नियम बनाइसकेको छ ।राजसंस्थानको पञ्चायत ऐन १९९४ ले दुई भन्दा बढी सन्तान जन्माउनेलाई चुनावमा समेत उम्मेदवार हुन नपाउने उल्लेख गरेको छ ।
तर, एक सन्तान अपाङ्ग भएमा थप एक सन्तान जन्माउन पाउने नियम बनाएको छ । मध्य प्रदेशले सन् २००१ बाट सरकारी सेवामा जान दुईभन्दा बढी सन्तान हुन नहुने नियम बनाइसकेको छ ।
गुजरात, महाराष्ट्र, उत्तराखण्ड ओडिसालगायतका राज्यहरुमा दुईभन्दा बढी सन्तान भएकाले स्थानीय चुनावमा सहभागी हुन नपाउने नियम बनाइसकेका छन ।
भारतमा जनसंख्या तिव्र रुपमा बढेपछि विभिन्न राज्यहरुले जनसंख्या बढ्न नदिने उद्देश्य अनुरुप यस्ता नियम बनाएका हुन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको