Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा २० वर्षदेखी अनुभवि राजेन्द्रलाल श्रेष्ठ सिटिजन्स बैंकको कम्पनी सचिवमा नियुक्त

प्रजना राई

आइतबार, ०३ कार्तिक २०७६, १७ : ५१ मा प्रकाशित

बैंकिङ क्षेत्रमा २० वर्षदेखी अनुभवि राजेन्द्रलाल श्रेष्ठ सिटिजन्स बैंकको कम्पनी सचिवमा नियुक्त

अर्थ संसार,काठमाण्डौ- बैंकिङ क्षेत्रमा २० वर्षदेखी अनुभवि राजेन्द्रलाल श्रेष्ठ सिटिजन्स बैंकको कम्पनी सचिवमा नियुक्त भएका छन् ।  विहिबार बसेको संचालक समिति बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा २० वर्ष देखी अनुभवि श्रेष्ठ सिटिजन्स बैंकको  स्थापना कालदेखि नै आवद्ध  छन् ।  पछिल्लो नियम अनुसार प्रमुख कार्यकारी अधिकृत कम्पनी सचिवको रुपमा रहन नपाउने व्यवस्था सँगै कम्पनीहरुले सहायक प्रमुख कार्यकारी अधिकृतलाई सचिवको रुपमा नियुक्त गर्दै आएका छन् ।

बैंक हाल ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको