Like us!
Follow us!
Connect us!
Watch us!

“ठिक छ ठिक छ“ भन्दै आए र्यापर भरत समारी(भिडियो सहित)

प्रजना राई

आइतबार, ०३ कार्तिक २०७६, १० : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- र्यापर तथा हिप(पप गायक भरत समारीको नयाँ गित “ठिक छ ठिक छ“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । उनि अहिले विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।
 
शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् । ‘“ठिक छ ठिक छ“ मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिना  बल तामाङको अभिनय रहेको छ । देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ । भिडियो हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको