Like us!
Follow us!
Connect us!
Watch us!

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका शाखा, ग्लोबल स्मार्ट र ग्लोबल अनलाईन मार्फत भुक्तानी गर्न मिल्ने

शुक्रबार, ०१ चैत्र २०७५, १५ : ४८ मा प्रकाशित

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका शाखा, ग्लोबल स्मार्ट र ग्लोबल अनलाईन मार्फत भुक्तानी गर्न मिल्ने

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि १० औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ ।

मिति २०७५/१२/०८ देखि २०७४/१२/१७ गतेसम्म सञ्चालन हुने १०औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंक लि. बिच २०७५/१२/०१ गतेसम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंक लि. को तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंक लि. कापूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १३३ शाखा कार्यालयहरुमा  छुट्टै काउण्टरको व्यवस्था गरि परिक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ भने ग्लोबल आइएमई बैंक लि.को मोवाईल बैंकिङ्गएप “ग्लोबल स्माट” तथा अनलाईन बैंकिङ्ग “ग्लोबल अनलाईन” मार्फत लाईनमान बसी जहाँकहिँबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपिएस शाखासंगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक इपिएस भाषा परीक्षाको शुल्क संकलनगर्ने एक मात्र बैंक हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको