Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र रेडियन्टलाईफ केयरबीच सम्झौता

बुधबार, २९ फागुन २०७५, १६ : १६ मा प्रकाशित

ग्लोबल आइएमई बैंक  र रेडियन्टलाईफ केयरबीच सम्झौता

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावतीसुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि.द्वारा संचालित)बीच  बुधबार हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले रेडियन्ट लाईफ केयर प्रा. लि.सँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौता पत्रमा रेडियन्ट लाईफ केयर प्रा. लिका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर रग्लोबल आइएमई बैंक लि. का तर्फबाट सहायक महाप्रबन्धक आरतीराज्य लक्ष्मीराणाले हस्ताक्षर गर्नुभएको हो ।


ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात भारतको नयाँ दिल्लीमा बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), , क्रेडिट (Credit), प्रिभिलेज (Privilege)  कार्ड लिएका बैैंककाग्राहकतथाग्लोबल आइएमई बैंककाकर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्मछुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको