Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिबारे यसो भन्छन लगानीकर्ता

विहीबार, २८ असार २०७५, ०५ : ०० मा प्रकाशित

मौद्रिक नीतिबारे यसो भन्छन लगानीकर्ता

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामि आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्यो ।बजेटपछि मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने नीतिले अर्थतन्त्रका विविध सूचक तथा परिसूचकलाई निधांरण गरेका हुन्छन् ।

आज सार्वजनि गरिएको नीतिले बैंक वित्तिय संस्था तथा अन्य क्षेत्रहरुलाई समेत प्रभावित पार्दछ । यसै सम्बन्धमा लामो सयमदेखि सेयर बजारमा कारोबार गर्दै आएका लगानीहरुले मौद्रिक नीतिलाई यसरी टिप्पणी गरेका छन् ।

========

मानिसले खोजेको कुरा जति दिएपनि उ सन्तुष्ट हुन सक्दैन ! झन् एउटा माग पुरा भएपछि झन् नयाँ-नयाँ आवश्यकताको महसुश हुन्छ । आजको नीति म र हाम्रो नेपाल पुँजी बाजर संघले खुल्ला हृदयकासाथ स्वागत गर्छौ । रहयो कुरा हामी उपलब्धिहरुलाई बढि महत्व दिन्छौ। अब बैंकलाई ब्रोकर लाईसेन्सको ढोका खुलेको छ। यो एक्दमै महत्वपुर्ण सेयर बजारको उपलब्धि हो।

अरु ब्याजदर वा मार्जिन लेन्डिङ्ग सामान्य र क्षयणिक उपल्बधि हुन् जस्ले कमै महत्व राख्दछन्। साथै अनलाईन ७७ जिल्ला र ७५३ वटै गाउपालिका बाट कारोवार हुने परिस्थितिको सिर्जनाले सेयर बजारलाई दिर्घकालिन रुपमा बजारको बिकास रबिस्तार गर्ने छ।

साथै नितिमा धेरै नै राम्रा र बजार बिस्तारका सुधारका नीति तथा कार्यक्रम समेटिएको छ। नीतिमा धेरै राम्रा राम्रा कुराहरु समावेस भएकाले समग्र अर्थतन्त्रलाई सकनरात्मक दिशामा   डोर्याउने काम गर्छ।

========

मौद्रिक नितिले तत्काल बजारलाई  बढाउने र घटाउने भन्दा पनि दृघकालिन रूपमा लगानीकर्ताहरुको हित अनुकूल नै  आएको छ । मौद्रिकनिति मार्फत बैकलाई ब्रोकर लाइसेन्सको मागलाई  सम्बोधन भएको छ । जसको कारण बजारको दायरा बिस्तार भइ ब्रोकरहरुको सिन्डिकेट हट्ने छ र बजारको बिकास एवं  बिस्तार हुनेछ ।  मार्जिनकलको सम्बन्धमा  अहिलेको अवस्थामा १८० दिनको एभरेज मुल्य भन्दा कम आएमा बैंकहरुले रकम थप गर्न लगानीकर्ताहरुलाइ दबाब दिन्थे ।

जसको कारण लगानीकर्ताहरुले या त सेयर बिक्रि गर्नु पर्थ्यो वा अन्यत्र बाट रकमको ब्यवस्था गर्नु पर्थ्यो । तर अब   २० प्रतिशत नघटी कल नगर्ने ब्यवस्थाको कारण लगानीकर्ताहरु त्रसित हुनुपर्ने अवस्था हटेको छ । यो  घुमाउरो भाषामा मार्जिनकल ५० प्रतिशत बाट  ७० प्रतिशत पुर्याएको अवस्था हो । सिआरआर ४ प्रतिशत कायम गरेको कारण बजारमा रु ४८ अर्ब रकम थपिने हुदा बजारमा रहेकोे  तरलता अभावको समस्या केहि हद सम्म हल भइ बजारमा समग्रमा सकारात्मक प्रभाव पर्ने छ । मौद्रिकनिति समग्रमा बजार एवं लगानीकर्ताहरुको हित अनुकुल  नै आएको छ । जसको कारण बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

=======

मेरो बुझाई र अध्यनमा नेपाल राष्ट्र बैंकले आज प्रस्तुत गरेको।मौद्रिक नीति संतुलित र सकारात्मक छ  ।मार्जिन कलको प्रतिशत नबढाएकोमा लगानीकर्ता आक्रोशित देखिए पनि अरु सबै सकारात्मक कुरा छ्न  ।

मौद्रिक नितिमा आएका सकारात्मक पक्षहरु

१, बजार २० प्रतिशत घट्दा पनि मार्जिन कल नआउने जब कि पहिला १०प्रतिशत बजार घटदा बैंकबाट मार्जिन कल आएर लगानी कर्ता पीडित थिए ।
२, सबै राम्रो कुरा लगानी कर्ताले बारम्बार माग गरेको बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्ने माग पूरा भएको छ ।  बैंक ब्रोकर लाइसेन्सको माग गरेमा सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स दिने व्यवस्था गरिएको छ ।
३, स्प्रेड दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत गरिएको छ
४,  निक्षेप तथा कर्जाको ब्याजदर ५ प्रतिशत घटाएर ४.५ प्रतिशत गरिएको छ
५, बैंक तथा लघुवित्त कम्पनीलाई मर्जर तथा एकिवजिशनमा जोड दिने कुरा आएको छ ।
६, तरलता सहज पार्न क्यास रिजर्भ रेसियो मा सहजीकरण गरिएको छ । अब देखि बैंक तथा वित्तीय संस्थाले सिआराआर ४ प्रतिशत कायम गरे पुग्छ, जवकी यसअघि बाणिज्य बैंकको ६ प्रतिशत विकास बैंकको ५ प्रतिशत  र वित्तय कम्पनी को ४ प्रतिशत सिआरार कायम गर्नु पर्ने व्यवस्था थियो ।
७, सिआराआरमा गरिएको कटौतीबाट बैंक तथा वित्तय संस्था मा ४८ अर्ब रुपैयाँ तरलता प्रवाह हुनेछ ।
८,   ८ प्रतिशत सम्म सेयर कर्जा प्रवाह गर्न सकिने छ ।
९,  बाणिज्य बैंकहरुले ५० करोड भन्दा बढी कर्जा प्रवाह गर्दा क्रेडिट रेटिङ गर्नु पर्ने व्यवस्था गरिएको छ ।
यस्ता धेरै सकारात्मक कुराहरु आजको मौद्रिक नितिमा आएको हुनाले समग्र मा मौद्रिक नीति सेयर बजार अनुकुल आएको मेरो ठम्माइउ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको