Like us!
Follow us!
Connect us!
Watch us!

खड्काको हत्या गर्ने व्यक्ति पक्राउ

शनिबार, ०९ असार २०७५, १९ : ५४ मा प्रकाशित

खड्काको हत्या गर्ने व्यक्ति पक्राउ

शंखर पहाडी,गौरब

अर्थ संसार, सिन्धुली-सिन्धुलीको गोलन्जोर गाउँपालीका ७ खहरे दोभानमा युवतीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ११ गते विहानको समयमा रामेछाप जिल्ला मन्थली नगरपालीका ७ मुगिटार बस्ने अन्दाजि वर्ष २४ की बसुन्धरा खड्काको हत्या गर्ने लालबहादुर ढुङलेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली परिसरमा पत्रकार सम्मेलन गर्दै  नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत रहेका अमल्दार पदका लालबहादुर ढुङलेलाई प्रहरीले युवतिको हत्या गरेको पुष्ठि गर्दै सार्वजनीक गरेको हो  ।

वेवारीसे अबस्थामा भेटिएको शवको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गर्दा ढुङलेलाई विभिन्न अनुसन्धान पछि यही जेठ ३० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पीडित पक्षको किटानी जाहेरीका आधारमा यस अघि भैरवनाथ गणमा नै कार्यरत रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालीका ६ तिल्पुङ घर भएका शुरेस बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुरेशसंग बसुन्धराको विगत ५ बर्ष देखीको प्रेम सम्बन्धका आधारमा पीडित पक्षले किटानी जाहेरी दर्ता गराएका थिए ।  युवतीसंग पहिलो प्रेम सम्बन्ध भएपनि घटनामा शुरेसको संलग्नता नभेटिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक यादवले अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो ।

प्रेम सम्बन्ध भएको र सुरेश पनि विदामा घर आएका वेला घटना घटाईएकाले पीडित पक्षले किटानी जाहेरी दिएपनि पुष्टि भने हुन नसकेको प्रहरीले जनाएको छ । सुरेसको संलग्नता नभएकाले यस विषयमा अदालतले फैसल्ला गर्ने यादवले बताउनु भयो ।

5b2e560e65dd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको