Like us!
Follow us!
Connect us!
Watch us!

जापनद्धारा २- १ कोलम्बिया पराजित

मंगलबार, ०५ असार २०७५, २० : ११ मा प्रकाशित

जापनद्धारा २- १  कोलम्बिया  पराजित

अर्थ संसार, मोर्डोभिया  – विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।

कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो ।

कोलम्वियाका मिडफिल्डर कार्लोस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो ।

तर दोस्रो हाफमा जापानले फेरी अग्रता लिंदै कोलम्बियालाई झट्का दिएको हो । ७३ औं मिनेटमा काइसुके होन्डाको गोलमा युवा ओसाकोले गोल गर्दै जापानलाई जित दिलाएका हुन् । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको