Like us!
Follow us!
Connect us!
Watch us!

डा. उपेन्द्र देवकोटाको निधन

सोमबार, ०४ असार २०७५, १९ : ४७ मा प्रकाशित

डा. उपेन्द्र देवकोटाको निधन

अर्थ संसार, काठमाडौँ - मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५स्३५ मा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी थियो।

डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन्।

5b27bd8484c10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको