शनिबार, ०९ असार २०७५, ०६ : ३०
नेप्सेमा चार कम्पनीको २ करोड बढी सेयर सूचिकृत, कुनको कति ?
मङ्गलबार, २९ जेठ २०७५

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार चार कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, मल्टीपर्पस फाइनान्स र वेष्ट फाइनान्स कम्पनीको सेयर सूचिकुत भएको हो ।

चार कम्पनीको २ करोड ३९ लाख बढीको सेयर सूचिकृत भएको हो । सवै भन्दा धेरै प्राइम लाईफ इन्स्योरेन्सको हकप्रद र बोनस सेयर गरी  १ करोड १७ लाख ४६ हजार ३५० कित्ता सेयर सूचिकृत भएको छ ।

कुनको कति ?

प्राइम लाइफ इन्स्योरेन्स

९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर १९ लाख ८३ हजार १५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत  ।

सिद्धार्थ बैक

६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद सेयर सुचिकृत


मल्टीपर्पस फाइनान्स कम्पनी

१ लाख ६४ हजार ७३६ कित्ता बोनस सेयर सूचिकृत

वेष्ट फाइनान्स कम्पनी

१६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर सुचिकृत
 

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved