Like us!
Follow us!
Connect us!
Watch us!

आरके ज्वेलर्समा छापा, ठूलो परिणाममा सुन बरामद

सोमबार, २८ जेठ २०७५, १६ : १३ मा प्रकाशित

आरके ज्वेलर्समा छापा, ठूलो परिणाममा सुन बरामद

अर्थ संसार, काठमाडौं– आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले  छापा मारेको हो । 

समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो ।  

ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।

शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको