Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक कार्यमा जनता बैंक,विद्यालयलाई शैक्षिक सामाग्री र पानी तान्ने पप्प वितरण

विहीबार, १७ जेठ २०७५, १८ : ४७ मा प्रकाशित

सामाजिक कार्यमा जनता बैंक,विद्यालयलाई शैक्षिक सामाग्री र पानी तान्ने पप्प वितरण

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले आफ्नोे संस्थागत  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई शैक्षिक सामाग्री र पानी तान्ने पप्प वितरण गरेको छ । 

बैंकले नवलपरासी जिल्लाको ग्रामिण क्षेत्र सरावल गाउँपालिका १, खोखरपुरा स्थित आदर्श माध्यमिक विद्यालयकाकक्षा १ देखि कक्षा ५ सम्मका ११४ जनाविद्यार्थीहरुलाई झोला र स्टेस्नरी सामाग्री वितरण गरेको छ । 

प्र्राय जसो विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने यस विद्यालयका विद्यार्थीहरुलाई शिक्षा आर्जनमा हौसला प्राप्त होस भन्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

रुपन्देहीस्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले एक समारोहका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी दमकडा माध्यामिक विद्यालय, प्रभास पाल्पामा खानेपानीको प्रबन्ध गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. २४,००० प्रदानग रिएको छ ।

फरक क्षमता भएका (दृष्टीविहीन) सहित ७१५ जनाविद्यार्थी अध्ययनरत उक्त विद्यालयमा उक्त रकमबाट समर्सियल पम्पजडान गरी खानेपानीको प्रबन्ध गरिने बताइएको छ ।

उक्त रकम एक समारोहका बिच बैंकको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक  मोहनप्रसाद सापकोटालाई हस्तान्तरण गर्नु भएको थियो । उक्त चेक हस्तान्तरण समारोहमा प्रधानाध्यापक सापकोटाले बिद्यालयको  खानेपानी अभावको समस्याहल गर्ने पवित्र उद्देश्यले गरिएको बैंकको सहयोग प्रति सराह्नाब्यक्तगर्नुभयो ।

5b0ff559e5496.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको