Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम आज

सोमबार, ०७ जेठ २०७५, ०८ : ३३ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम आज

अर्थ संसार, काठमाडौं– सरकारले आउँदोे आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ । संसद् भवन झकिझकाउ बनाइएको छ । राष्ट्रपतिकोस्वागत र सवारी व्यवस्थित गर्न सचिवालयले आइतबार पूर्वअभ्यास गरको  थियो।

कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको सचिवालयले जनाएको छ ।

संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्याइएको सचिवालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको