Like us!
Follow us!
Connect us!
Watch us!

देवकर्नर सेवा समितिको रक्तदान कार्यक्रममा १ सय ४० जनाले गरे रक्तदान

आइतबार, ०६ जेठ २०७५, १३ : ०२ मा प्रकाशित

देवकर्नर सेवा समितिको रक्तदान कार्यक्रममा १ सय ४० जनाले गरे रक्तदान

अर्थ संसार, काठमााडौं– देवकर्नर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान गरेका छन ।

काठमाडौं स्थित नक्सालमा गरीएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ बर्षको दुई पटक देव कर्नर सेवा समितिले रक्तदान गर्दै आएको देव कर्नर सेवा समितिका अध्यक्ष देवसुन्दर शाक्यले बताएका छन । रक्तदान गर्नका लागी महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राबिधिकस सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देव कर्नर सेवा समितिले उपत्यकामा निःशुल्क सव बहान सेवा सञ्चाल गर्दै आएको छ भने गोदाबरीमा २० जनाको क्षमता भएको वृद्ध आश्रम पनि सञ्चालन गर्दै आएको छ ।

5b0122aeaaea8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको