Like us!
Follow us!
Connect us!
Watch us!

जाजरकोट पुग्यो धितोपत्र बोर्ड, स्थानीयलाई पूँजीवजारसम्वन्धीे जनचेतना जगाउँदै

मंगलबार, ०५ पुस २०७३, १२ : १४ मा प्रकाशित

जाजरकोट पुग्यो धितोपत्र बोर्ड, स्थानीयलाई पूँजीवजारसम्वन्धीे जनचेतना जगाउँदै

अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले पश्चिमका पहाडी जिल्लामा केही दिनयता लगानीकर्ताहरुका लागि सचेतनाको अभिबृद्धि कार्यक्रम गरेको छ । पूँजीबजारलाई देशव्यापी वनाउन ७५ वटै जिल्लाहरुमा लगानीकर्ता प्रशिक्षण संचालन गर्दै आएको बोर्डले जाजरकोट उद्योग वाणिज्य संघसँगको संयुक्त आयोजनमा जनचेतना अभिवृद्धि तथा  अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पूँजी बजार विश्वव्यापी हुँदै गएको सन्दर्भमा यस कार्यक्रमले यस जिल्लामा समेत लगानीको वातावरण बनाउने विचार व्यक्त गरे । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित रहेको पूँजी बजारलाई देशव्यापी वनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्न आगामी माघदेखि खातामै सेयरमा लगानी गर्ने रकम रोकेर राख्ने प्रणाली (आस्बा) लागू गर्ने निर्णय गरेको जानकारी गराए ।

त्यसै गरी २०७३ साउन १ देखि काठमाडौं उपत्यका र २०७३ माघ १ देखि उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फारममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको समेत जानकारी गराए । यी सम्पूर्ण व्यवस्था लागू भएपश्चात प्राथमिक बजारमा लगानीकर्ताहरुको पहुँच बढ्ने जानकारी गराउँदै उनले धितोपत्रको दोस्रो बजार कारोवारलाई समेत देशव्यापी बनाउन बोर्डले विभिन्न कार्य तथा नीतिगत सुधारहरु गरिरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष पारसकुमार वाग्लेले वोर्डसँग संयुक्त आयोजनामा यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा आभार व्यक्त गर्दे यस कार्यक्रमबाट स्थानीय व्यवसायी तथा लगानीकर्ताहरु लाभान्वित हुने विचार व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीले पूँजीबजारका विविध पक्षहरुको वारेमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, जाजरकोट उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक,  विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको ठूलो संख्यामा सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

सगरमाथा इन्स्योरेन्सले पुस २७ गते साधारणसभा गर्ने, २२ प्रतिशत बोसनको प्रस्ताव लैजाँदै

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको