Like us!
Follow us!
Connect us!
Watch us!

चन्द माओवादीको चन्दा आतंक

मंगलबार, ०५ पुस २०७३, ११ : ०८ मा प्रकाशित

चन्द माओवादीको चन्दा आतंक

अर्थसंसार
काठमाडौँ– नेत्र विक्रम चन्दको नेकपा माओवादीले आठौँ राष्ट्रि«य महाधिवेशनको लागि भन्दै चन्दा मागेर कर्पोरेट क्षेत्रमा आतंक मच्चाएको छ । विभिन्न कम्पनी र कर्पोरेट हाउसहरुलाई पत्र लेखेर उसले चन्दा मागेको हो । उक्त पार्टीले फागुन १ गते काठमाडौँको खुल्लामन्चमा हुन लागेको महाधिवेशनका लागि सहयोगको अपिल भन्दै धमाधम पत्र पठाइरहेको पाइएको छ ।

‘काम गर्ने समयमा बन्द र हडताल गरी दुख दिन्छन्, अहिले सहयोगको अपेक्षा राख्दै पत्र लेखेर सताउँछन्,’ कम्पनीका कार्यकारी अधिकृतले भने, ‘उद्योग धन्दा उकास्न सघाए पो सहयोग गर्नु । सधैं सताउँछन् । कसरी सघाउनु ?’ अर्थ मन्त्रलायलाई समेत विभिन्न वाहाना देखाउँदै उनीहरुले पत्र पठाएको जानकारी प्राप्त भएको छ  ।

उक्त पार्टीले विभिन्न विद्यालयहरुलाई समेत चन्दा नदिए ताडफोड, सवारी साधनमा आगजनी गरेर आतंकित बनाउँदै आएको छ ।‘जनताका नाममा राजनीति गर्ने पार्टीले जनतालाई नै सताउनु कति जायज हो,’ चन्दाको पत्र देखाउँदै एक विद्यालयका प्रिन्सिपलले भने, ‘अरु बेला निर्वाध ब्यवसाय गर्न दिए पो उनीहरुलाई सघाउन सकिन्छ । ब्यवसाय चौपट पारेपछि कहाँबाट ल्याएर सहयोग गर्नु ?’

5858c28d96ace.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको