Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

मंगलबार, ०५ पुस २०७३, ११ : ३४ मा प्रकाशित

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

अर्थ संसार
काठमाडौं–जनता बैंकले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेको छ ।  जनता बैंकको हकप्रद भर्ने म्याद पुस ५ सम्म थियो । बैंकले म्याद बढाएर पुस १० गतेसम्म आबेदन गर्न सकिने सूचना जारी गरेको छ ।
 
जनता बैंकको हकप्रद भर्न कात्तिक १० गतेअघि सेयर किनेको हुनु पर्छ । बैंकका सेयरधनीले विक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयमा हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने छन् । जनता बैंकले १ करोड ३ लाख कित्ता हकप्रद सेयर सर्वसाधारणका लागि निस्कासन गरेको छ । मा जारी गरेको थियो ।  गत कार्तिक १० गतेसम्म सेयर किनेका लगानीकर्ताले हकप्रद पुस पाँच गतेसम्म भर्न पाउने गरी बैंकले आवेदन खुला गरेको थियो ।

बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक ११ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बैंकले हकप्रद विक्री गरेपछि चुक्ता पूँजी ३ अर्ब ९ करोड रूपैयाँ पुग्नेछ । बैंकले त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेको छ । जनताको हकप्रद र त्रिवेणीको बोनस बितरणपश्चात दुबै बैंक मर्ज भएर बन्ने बैंकको चुक्ता पूँजी झण्डै ५ अर्ब पुग्नेछ । मर्जरपछि बैंकको शाखा संख्या ६५, निक्षेप ३५ अर्ब र कर्जा लगानी ३२ अर्ब हुने छ । 
 

यो पनि पढ्नुहोस्

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको