Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, रु ५७ लाख संकलन

आइतबार, ०९ बैशाख २०७५, १० : ५९ मा प्रकाशित

जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, रु ५७ लाख संकलन

अर्थ संसार, सुर्खेत–जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु। ५७ लाख संकलन भएको छ ।

गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् ।

स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिनुभयो ।

“कर्णाली प्रदेशका जुम्ला, सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ,” मेडिकल रेकर्डर बुढाले भन्नुभयो । उहाँका अनुसार जुम्लाको कूल एक लाख आठ हजार ९२१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् ।

जहाँ तीन लाख ५० हजार ८०४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३०४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका स्वास्थ्य बिमा कार्यालयका संयोजक अर्जुन पण्डितले ३३ जिल्लामा स्वास्थ्य बिमा लागू भएको र ४० जिल्लासम्म यो अभियान पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यो अभियानलाई विस्तार गर्नाका साथै प्रभावकारी बनाएर लैजान अहिले जनप्रतिनिधिलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण दिन थालेको छ ।

अछाम बैतडी, कैलाली, बाग्लुङ, म्याग्दी, पाल्पा, इलाम, जुम्ला, जाजरकोट र सुर्खेतमा यो कार्यक्रम शुरु भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको