Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अनलाइन प्रणाली छिट्टै आउँदै, ८२ प्रतिशत सकियो

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ४४ मा प्रकाशित

सेयर बजार अनलाइन प्रणाली छिट्टै आउँदै, ८२ प्रतिशत सकियो

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्जले ब्रोकरहरुमाझ शुक्रबार अनलाइन  प्रणालीको डेमो सार्वजनिक गरेको छ ।

इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली (अनलाईन प्रणाली) को काम अझै १८ प्रतिशत बाँकी छ ।

‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै बनाएर परीक्षण भइसकेको छ । अव ती मोड्युलहरु लाई एकीकृत गरी छिट्टै फेरि प्रस्तुति गरिने छ ।’ विजय गुरलन -वाइको

अनलाईन प्रणाली बनाउने जिम्मा लिएको वाइको इन्टरनेसनलले हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको  र बाँकी १८ प्रतिशत काम छिट्टै बनाउने जानकारी दिएको छ ।नेप्से र वाइको बीच १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो ।

अनलाईन प्रणालीको प्रगति प्रस्तुत गर्ने क्रममा वाइकोका विजय गुरलनले भने, ‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै बनाएर परीक्षण भइसकेको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने छ । चन्द्रसिंह साउद- नेप्सेका प्रमुख कार्यकारी अधिकृत

अव ती मोड्युलहरु लाई एकीकृत गरी छिट्टै फेरि प्रस्तुति गरिने छ ।’

यता, इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्यल ब्रोकरहरुले प्रयोग गर्ने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, नेप्से तथा ब्रोकरको सम्बन्धका बारेमा जानकारी गराइएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको