Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय उडान पुन : सञ्चालनमा

शुक्रबार, ०७ बैशाख २०७५, १४ : ४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय उडान पुन : सञ्चालनमा

अर्थ संसार, काठमाडौँ– मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान  मध्याह्न पछि खुलेको छ ।

उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारेपछि   पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो ।

उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

5ad9acbd0341b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको