Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले अनलाइन प्रणालीको विषयमा ब्रोकर कम्पनीहरुसँग छलफल गर्दै

शुक्रबार, ०७ बैशाख २०७५, ०८ : २९ मा प्रकाशित

नेप्सेले अनलाइन प्रणालीको विषयमा ब्रोकर कम्पनीहरुसँग छलफल  गर्दै

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गर्ने तयारी स्वरुप शुक्रवार ब्रोकर कम्पनीहरुसँग छलफल गर्ने भएको छ ।

यस प्रणाली निमार्णको जिम्मा लिएको भेण्डर कम्पनी वाईकोले अनलाइन प्रकृति र संरचनाबारे ब्रोकर कम्पनीहरुलाई जानकारी गराउने नेप्सेका प्रबक्ता निरज गिरीले बताए ।

उनले ब्रोकर कम्पनीहरुबाट पनि अनलाइन प्रणालीको लागि आवाश्यक सुझाव लिएर मात्र परिक्षणमा ल्याउने तयारी नेप्सेले गरेको बताए ।

नेप्सेले जेठमा अनलाइन प्रणालीको परिक्षण गर्ने यस अघि नै बताईसकेको छ । यस प्रणालीको लागि सफ्टवेयर तयार गरिरहेको वाइको कम्पनीले १८ ओटा मोडेल मध्ये १६ ओटाको ८० प्रतिशत काम सम्पन्न गरिसकेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार जेठमा अनलाइन प्रणालीको आन्तरिक परिक्षण गरे पनि त्यस पश्चात युजर एसेप्टेन्स टेस्टिङ (युएटी) गर्नुपर्ने हुन्छ । यस आर्थिक वर्षभित्र पूर्ण रुपमा अनलाइन प्रणाली लागू गर्ने तयारी नेप्सेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको