Like us!
Follow us!
Connect us!
Watch us!

मेघा बैंकले बनायो महिला सिइयो

शुक्रबार, ३० चैत्र २०७४, १० : ४९ मा प्रकाशित

मेघा बैंकले बनायो महिला सिइयो

अर्थ संसार, काठमाडौं – मेघा बैंक नेपालले पहिलो पटक प्रमुख कार्यकारी अधिकृतमा महिलालाई नियुक्त गरेको छ ।

बंैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपालको बैकिङ क्षेत्रको इतिहासमा वाणिज्य बैंकमा पहिलो पटक महिला सिइओ नियुक्त गरेको हो ।

मेगा बैंकको संचालक समितिको बैठकले बैंकमा कामु कार्यकारी अधिकृत रहेकी अनुपमा खुन्जेलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मेगा बैंक स्थापना देखि कार्यरत खुन्जेलीसँग दुई दशकभन्दा बढीको बैकिङ अुनभव छ ।

वाणिज्य बैंकमा पहिलो महिला सिइओ बन्ने रेकर्ड खुन्जेलीले राखेकी छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको संख्या बढेपनि नेतृत्व तहमा भने त्यो संख्या कम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको