Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रेको क्यास ब्याक अफर

मंगलबार, २७ चैत्र २०७४, ०९ : ०६ मा प्रकाशित

माछापुछ्रेको क्यास ब्याक अफर

अर्थ संसार, कठमाडौं– माछापुछ्रे बैंकले नयाँ वर्ष ०७५ अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डमा १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ ।

अफरअन्तर्गत बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरिद वा कुनै भुक्तानी गर्दा बिल रकमको १० प्रतिशतले बढीमा १ हजार ग्राहकको खातामा फिर्ता हुनेछ ।

कारोबार संख्यामा सीमा नभएकाले प्रत्येक खरिद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकको भनाइ छ ।  ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको