Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार

बुधबार, २९ मंसिर २०७३, १२ : १३ मा प्रकाशित

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार

अर्थ संसार 
काठमाडौं–सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स र एसडी प्रोमो मिडिया इन्डियाले मङ्सिर ३० देखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना र्गदैछन् । केमिकल एण्ड मेडिकल सप्लायर्स नेपाल ,नेपाल केमिकल सोसाइटी र इण्डियन मेडिकल डिभाइस इण्डस्ट्रीजको सहयोगमा मेला हुने भएको हो ।

मेलामा शल्यचिकित्सका सामग्री, उद्धार र आपत्कालीन सामग्री, औषधिजन्य फोहोर, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीलाई एउटै मञ्चमा ल्याइने छ ।

अन्तर्रा्ष्ट्रिय स्तरको नेपाल ल्याब एक्स्पोले प्रयोग, विश्लेषण, वैज्ञानिक र वायोटेक्नोलोजीसम्बन्धी सामग्री र उपभोग्य वस्तुका लागि विशेष मञ्च प्रदान गर्ने जनाइएको छ ।प्रदर्शनीमा विश्वभरका १५० भन्दा बढी ठूला कम्पनी र ५ सयभन्दा बढी ब्रान्डका प्रदर्शनकर्ता सहभागी हुनेछन् । व्यापारिक अगुवा, सरकारी अधिकारी, चिकित्सक, नीतिनिर्माता, उद्योगपति, वैज्ञानिक र अध्ययनकर्ता उपस्थित हुनेछन् ।

प्रर्दशनीबाट अवोलकनकर्ताले मेडिकल क्षेत्रको नविनतम अवस्थाका बिषयमा अध्ययन गर्न सक्नेछन् । अस्पताल, व्याथालोजी, ल्याब, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परिक्षण प्रयोगशाला तथा आपूर्तिकर्ताको उल्लेखीय सहभागीता रहने आयोजको अपेक्षा छ । नेपालमा बार्षिक रुपमा १० अर्ब रुपैयाँ बराबरको मेडिकल जन्य समाग्रीहरुको कारोबार हुने गरेको सम्बन्धीत क्षेत्रको विज्ञहरुको अनुमान छ ।

यो पनि पढ्नुहोस्

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव​

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह​

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको