Like us!
Follow us!
Connect us!
Watch us!

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव

बुधबार, २९ मंसिर २०७३, ११ : ५० मा प्रकाशित

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव

अर्थ संसार
काठमाडौं–नेपाल हस्तकला महासंघले नेपाल हस्तकला महासंघको चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मर्नाएको छ ।  कार्यक्रममा प्रमुख अतिथि उद्योग राज्यमन्त्री कञ्चनचन्द्र श्रेष्ठले दक्ष जनशक्ति दिनानुदिन विदेश पलायन भइरहेको भन्दै ११ हजार युवालाई प्रशिक्षण दिई स्वरोजगारको बातावरण सिर्जनातर्फ आफ्नो मन्त्रालय लागेको जानकारी दिए ।

उद्योग मन्त्रालयले गरिबी न्युनीकरण तथा युवा शक्तिलाई आफ्नो देशभित्रै रोक्न अन्य निकायबाट पनि सहयोग गर्नुपर्ने बताए । उनले सरकार महासंघको हरेक कार्यक्रममा सहयोगको लागि प्रतिबद्ध भएको आस्वासन दिए ।

उनले हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिणमुखी बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्न हस्तकला महासंघलाई आग्रह गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय नेपालको पहिचान बोक्ने क्षेत्र भएकोले यसको विकास,  विस्तार र प्रबद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए ।

त्यस अवसरमा उनले नेपाली हस्तकला क्षेत्रले रोजगारी प्रबद्र्धनका साथै गरिबी न्युनिकरणमा समेत सहयोग पुर्याइरहेको बताए । हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो । 

यो पनि पढ्नुहोस्

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको