Like us!
Follow us!
Connect us!
Watch us!

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह

बुधबार, २९ मंसिर २०७३, १० : ४८ मा प्रकाशित

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह

अर्थ संसार
काठमाडौं–जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले एप्पलका उत्पादन आफ्नो होलोग्राम हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । जेनेरेसन नेक्स्ट एप्पलका उत्पादनको नेपालका लागि एक मात्र आधिकारिक बितरक हो । कम्पनीले एप्पलका आइफोन, म्याकबुक, आइप्याड वितरण गर्दै आएको छ । 

कम्पनीले ग्राहकहरुलाई आइफोन खरिद गर्दा साथमा सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्न आग्रह गरेको छ । कम्पनीले आयात गरेका एप्पलका सामग्री इभो स्टोर, फ्युचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलमार्फत विक्री गर्दै आएको छ

। आफूले खरिद गरेका सामग्रीको आधिकारिकता जेनरेशन नेक्स्टको वेबसाइटमा गएर सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिने बताइएको छ । नेपालमा धेरै फोन अनधिकृत रुपमा आयात हुने गरेका छन् । तिनमा कुनै वारेन्टी हुँदैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको