Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

सोमबार, २७ मंसिर २०७३, १३ : २३ मा प्रकाशित

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

अर्थ संसार

काठमाण्डौं– सिन्थेसिस् एक्जिविसन्स एण्ड एभेण्ट्स नेपाल तथा एसडी प्रोमो मिडिया इण्डियाले ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना गर्ने भएको छ ।  केमिकल एण्ड मेडिकल सप्लायर्स नेपाल, नेपाल केमिकल सेसाइटीको सहयोगमा र इण्डियन मेडिकल डिभाइस इण्डट्रि, सेन्थेसिस् इभेन्ट, विशिष्ट चिकित्सकहरुको एशोसिएसनमा मेला हुन लागेको हो । मेला मंसिर ३० गतेदेखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने छ ।  

नेपाल ल्याव एक्स्पो अन्तराष्ट्रिय प्रदर्शनी हो । यसमा प्रयोग, विश्लेषण, बैज्ञानिक र वायोटेक्नोलोजी सम्बन्धि सामाग्री र उपभोग्य बस्तुहरुको लागि बिषेश मञ्च प्रदान गरिने आयोजकले जनाएको छ । नेपाल मेडिकल सोमा शल्यचिकित्सका सामाग्री, उद्दार र आपतकालिन सामाग्री, मेडिकल डिस्पोजेवल, अस्पतालका लागि फर्निचरहरु, अस्पतालका सुचना संयन्त्र प्रदानकर्ता, औषधीजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीहरु एउटै मञ्चमा हुने छन् ।  

यी कार्यक्रमहरुमा विश्वभरका १ सय ५० भन्दा बढी ठूला कम्पनीहरु र ५ सयभन्दा बढी ब्राण्डका प्रदर्शनकर्ता सहभागी हुनेछन् । सँगै व्यापारिक अगुवाहरु, सरकारी अधिकारीहरु, चिकित्सक, निति निर्माता, उद्योगपती, बैज्ञानिक र अध्ययनकर्ताहरु उपस्थित हुनेछन् । यी कार्यक्रमहरुले ल्याब्रोटरी र स्वास्थ्यसेवा सम्बन्धि उद्योगहरुलाई रणनितिक एलाइन्स र नयाँ उत्पादन, टेक्नोलोजी र कम्पोनेन्टको व्यापारका लागि सहयात्राजस्ता अवसरहरु प्रदान गर्ने, विश्वव्यापी कम्पनीमा व्यापारका नयाँ ढोका खोल्ने मात्र नभई नेपालमा जोईन्ट भेन्चर र म्यानुफ्याक्चरिङका अवसरहरु पत्ता लगाउन सहयोग गर्ने आयोजकको दावी छ । 

प्रदर्शनीका अवलोकनकर्ताले यी क्षेत्रको नविनतम अवस्थाका बिषयमा अध्ययन गर्न सक्नेछन् । अस्पताल, प्याथोलोजी, ल्याव, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परिक्षण प्रयोगशाला, व्यापार आपूर्तीकर्तालाई कार्यक्रममा निम्त्याउने आयोजकले जनाएको छ ।

एसडी प्रोमो मिडिया ल्याब्रोटरी, बैज्ञानिक, विश्लेषणत्मक, वायोटेक, शिक्षा, फर्मा, चिकित्साविज्ञानका आवाश्यक क्षेत्रमा व्यापारको प्रचारप्रसार तथा विस्तारका लागि काम गर्ने संस्था हो ।  

यो पनि पढ्नुहोस्

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको