Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

सोमबार, २७ मंसिर २०७३, १२ : ५६ मा प्रकाशित

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

 
अर्थ संसार
काठमाडौ– नेपालको मोबाइल हबको रुपमा चिनिने न्यूरोड क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरुले एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएकोसंघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था हो । संघमा ५ सयभन्दा बढी रिटेलर आबद्ध छन् । 

संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ताहरु, बितरकहरु तथा रिटेलरहरु संघमा समेटेर भविश्यमा महासंघ गठन गर्ने बताए । उनले मोबाइल व्यवसायलाई प्रबद्र्धन सबैलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको मोबाइल महोत्सव गर्ने जानकारी दिए । 

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रहरुमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ । यहि डिसेम्बर २८ देखि जनवरी ४ सम्म महोत्सव आयोजना हुनेछ । यसमा ग्राहकहरुले समान मूल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादनहरु प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष संदिप मानन्धरले भने– ‘हामी हरेक ग्राहकलाई महोत्सवमा विशेष उपहार, छुटका साथमा मोबाइल र विभिन्न एसेसरिजहरु बिक्री गर्नेछौं ।’ 

यो पनि पढ्नुहोस्

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको