Like us!
Follow us!
Connect us!
Watch us!

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सोमबार, २७ मंसिर २०७३, १० : ४४ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–जेलमा रहेका बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा दिलाउदै आएकी नेपाली चेली पुष्पा बस्नेतले सीएनन सुपर हिरो उपाधि जितेकी छन् ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले सीएनन हिरो अवार्ड वितरण गर्न थालेको १० वर्ष पुगेको अवसर पारेर उक्त अबार्ड विजेताहरुमध्येबाट सुपर हिरो छानिएको हो । मनोनयनमा परेका फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड पेग्राके, अमेरिकाकै लिज म्याककारटनी र इन्डोनेसियाकी रोबिन लिमलाई पछि पार्दै पुष्पाले उक्त अवार्ड जितेकी हुन् । अवार्डका साथ उनले ५० हजार डलर पुरस्कारसमेत पाएकी छन् । 

उनले कारागारमा रहेका अभिभावकका बालबालिकालाई बाल बिकास केन्द्र खोलेर आवासीय सुविधासहित पढाउँदै आएकी छन् । उक्त केन्द्रमा ३७ बालबालिका आश्रित छन् ।

उनले यसघघि सन् २०१२ मा सीएनएन हिरो अवार्ड जीतेकी थिइन् ।

सुपर हिरो अवार्ड पाएको घोषणा भएपछि पुष्पा निकै उत्साहित भएकी थिइन् । उनले आफूलाई भोट हाल्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

सिएनएन हिरो बनाउनका लागि अमेरिकाको न्युयोर्क समयअनुसार आइतबार बेलुका साढे ९ बजेसम्म भोट हाल्न सकिने ब्यवस्था थियो । नेपाली समयअनुसार सोमबार विहान सबा ८ बजेसम्म भोट दिने अबसर दिइएको थियो । उनलाई आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) साँझ न्युयोर्कमा उक्त अवार्ड प्रदान गरिएको हो । 

अर्थ संसारले उनलाई जिताउन भोट हाल्न आह्वान गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको