Like us!
Follow us!
Connect us!
Watch us!

ठूला बैंक, होटल, सिनेमा हल, सपिङ मलका ५० भन्दा बढी व्यवसायीले कर तिरेनन् (सूचिसहित)

मंगलबार, ०६ चैत्र २०७४, ०८ : ०४ मा प्रकाशित

ठूला बैंक, होटल, सिनेमा हल, सपिङ मलका  ५० भन्दा बढी व्यवसायीले कर तिरेनन् (सूचिसहित)

अर्थ संसार, काठमाडौं–  जिल्लाका नाम चलेका ठूला होटल, सिनेमा हल, सपिङ मल, प्लाजादेखि कम्पेक्ससम्मले काठमाडौं महानगरपालिका (महानपा) लाई घरजग्गा कर नतिरकोे भेटिएको छ ।

महानपाका जनप्रतिनिघिले गरको सर्वेक्षणमा ५० भन्दा बढी ठूला व्यवसायीले करोडौं राजस्व छली गरको पाइएको हो। महानपाका अनुसार कर छली गर्नेमा एभरस्ट बैकं  लाजिम्पाट, सांग्रिला होटल, ग्लोबल आईएमआई पानीपोखरी, गोपीकृष्ण मुभिज  चाबहिल, सीटीसी मल सुन्धारा, सिभिल मल सुन्धारा, साकृट बिल्डिङ त्रिपुरश्वर  र त्रिपुरश्वर  प्लाजा छन् ।

काठमाडौं महानपा–१० नयाँ बानेश्वरस्थित नेपाल बंगलादेश बैंक, जनता बैंक, शंखमूल, होटेल एभरस्टे नयाँ बानेश्वर, बानेश्वर प्लाजा, अल्फाबिटा कम्पेक्स बुद्धनगर पनि कर छलीको सूचीमा छन्।

आरबी कम्प्लेक्स खिचापोखरी, नयाँ सडक कम्प्लेक्स नयाँ सडक, काठमाडौं मल सुन्धारा, रत्न प्लाजा खिचापोखरी, पार्क प्लाजा न्युरोड, पिपुल्स प्लाजा खिचापोखरी, नेपाल बैंक लिमिटेड धर्मपथ, देव प्लाजा न्युरोड, भिबोर विकास बैंकले कर तिरका छैनन् ।

काठमाडौं महानगरपालिका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रद्यानांगले कर नतिर्ने व्यवसायीलाई कारबाही दायरामा ल्याउने तयारी भइरहेको बताए । ‘करदातालाई समयभित्र वक्यौता चुक्ता गर्नु अनुरोध छ,’ उनले भने, ‘समयमा कर बुझाउनेलाई मालपोत, घरजग्गा तथा व्यवसाय करको जम्मा बक्यौतामा केही प्रतिशत छुट गरका छौ  ।’

उनले विगतका वर्षको बाँकी  बक्यौतामा एकमुष्ट तिर्नेलाई जरिवानामा पनि छुट गर्न सकिने बताए । ‘अटेर गर्नेको घरजग्गा बिक्री तथा बैंक धितो राख्न रोक लगाइनेछ,’ उनले भने, ‘घरको टेलिफोन, पानी, फोहोर नउठाउनेलगायत सेवा सुविधाबाट पनि वञ्चित गराइनेछ ।’

महानगरपालिकाका अधिकारीका अनुसार बढी राजस्व तिर्नुपर्ने धनाढ्य राजनीतिक संरक्षणमा रहेर कर छली गरिरहेका छन्। काठमाडौं महानपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले भने कर नतिर्ने व्यवसायीको नाम सार्वजनिक गर्न चाहेनन्।

महानपाको घरजग्गा कर मूल्यांकनअनुसार साबिकमा कर तिरका वा आव ०७१/७२ मा तिर्ने व्यवसायीलाई तिरकोे रकमको १५ प्रतिशतभन्दा बढी कर नलिने, ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाको हकमा घरजग्गा कर नलिने तर मर्मत भई बस्नयोग्य बनाएको भएमा लागू नहुने, घरजग्गाको मूल्यांकन २ करोड ९९ लाख ९९ हजार ९ सय ९९ सम्मको रकमको हकमा ०७३ असोज मसान्तसम्म कर  तिर्ने करदातालँई १० प्रतिशत छुट, व्यवसायी, बहाल, मनोरञ्जन र सवारी कर २०७३ असोज मसान्तसम्म कर तिरमा १० प्रतिशत छुट दिने  निर्णय गरकोे थियो।

व्यापारिक तथा औद्योगिक प्रतिष्ठानको चार वर्ग मिटरको दुई हजार ९ सय, पा“च वर्ग मिटरको ३ हजार ६ सय, ६ का चार हजार २ सय ५०, निजी आवास तथा संघसंस्थाको चार वर्गमिटरको एक हजार ७ सय ५०,पाँचको दुई हजार एक सय, ६ को दुई हजार ५ सय तोकिएको छ ।

सरकारी तथा अर्धसरकारी निकायको चार वर्गमिटरको दुई हजार ४ सय, पाँचको  हजार ९ सय, ६ को तीन हजार ४ सय, विदेशी कूटनीतिक नियोगको
चारको तीन हजार ५ सय, पाँचकोे चार हजार २ सय ५० र ६ को पा“च हजार
रुपैयाँ तोकिएको छ ।

महानगरपालिकामा ८ लाख घरधुरी छन्। महानपाका अधिकारीका अनुसार तीमध्ये मुस्किलले दुई लाखले मात्र घरजग्गा कर तिरका छन्  । यी सबै निकाससँग  कडाइका साथ कर उठाउने हो भने लक्ष्यअनुरूप ११ अर्ब २५ करोड राजस्व उठाउन सकिने महानपाका अधिकारी बताउँछन् ।

कर छलीका कारण महानपालाई बर्सेनि अर्बौं रुपैयाँ राजस्व घाटा भइरहेको छ । महानगरमा अधिकांश घर बहालमा लगाइएको छ । व्यावसायिक प्रयोजनका लागि घर भाडामा दिने व्यक्तिले पनि वास्तविकभन्दा निकै कममा बहाल सम्झौता भएको देखाएर कर छल्ने गरका छन्  ।

स्थानीय स्वायत्त शासन नियमावलीअनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संघ संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरमा कर तिर्नुपर्ने कानुनी प्रावधान छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको