Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री अतिवडाले भने - ‘सेयर बजारलाई असर पर्ने गरी गलत प्रचार नगरौं’

आइतबार, ०४ चैत्र २०७४, ११ : २१ मा प्रकाशित

अर्थमन्त्री अतिवडाले भने - ‘सेयर बजारलाई असर पर्ने गरी गलत प्रचार नगरौं’

अर्थ संसार, काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आफु सेयर बजारको पक्षमा रहेको बताएका छन् । उनले आफू सेयर बजार सुधारको पक्षमा रहेको भन्दै गलत प्रचार नगर्न समेत अनुरोध गरेका छन् ।

अर्थमन्त्री डा.  खतिवडाले जानकारी बिना नै सेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने उल्लेख गर्दै हल्लाको पछाडि नलाग्न र बुझेर मात्रै लगानी गर्न समेत आग्रह गरेका छन् ।

हरेक व्यापारमा जोखिम हुन्छ, सेयर बजारमा पनि जोखिम हुन्छ नै बुझेर कारोबार गर्नु आवश्यक छ – उनले भने ।

 कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्न अर्थमन्त्रीले सुझाएका छन् । अवस्थामा लगानीकर्ता जानकार भए वित्तीय जोखिम कम हु्ने उनको भनाई छ ।

नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनले शनिबार राजधानीमा आयोजना गरेको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले कम्पनीको आर्थिक अबस्था बुझेर मात्र सेयरमा लगानी गर्न सुझाव दिएका थिए ।

केहि दिन अघि सेयर बजारप्रति आफुले गरेको टिप्पणी नकारात्मक रुपमा प्रचार भएको भन्दै उनले आफु सधै पुँजी बजार वृद्धि हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए ।

सेयर बजार उत्पादनमुलक क्षेत्र नभएको अर्थमन्त्रीको अभिव्यक्ति आएको भन्दै शेयर बजार न्यून बिन्दुमा पुगेको थियो ।

पछिल्लो समय बजार बढ्न सकेको छ्रैन् । हकप्रद, साधारण र थप निष्कासनले आपूर्ति बढाएको र लगानीयोग्य पुँजीको अभावले बैंक ब्याजदर बढेपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाई छ ।

यो पनि पढ्नुहोस्

दलालपूँजीवादले घेरिएको अर्थतन्त्र र बाम सरकार

सोलको मूल्यमा जुत्ताचप्पल किन्ने अबसर, भृकुटीमण्डपमा अहिलेसम्मकै ठूलो मेला (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको