Like us!
Follow us!
Connect us!
Watch us!

विच सडकमा ट्रक पल्टिदा बिपी राजमार्ग अवरुद्ध

मंगलबार, २९ फागुन २०७४, ११ : ४१ मा प्रकाशित

विच सडकमा ट्रक पल्टिदा बिपी राजमार्ग अवरुद्ध

शंखर पहाडी‘गौरब’

अर्थ संसार, काठमाडौं– बिपी राजमार्ग अन्र्तगत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चैनपुरमा  ट्रक

पल्टिदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लोड भएको  ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीे कार्यालय सिन्धुलीले जनाएका छ ।

जसका कारण आज बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि यो समाचार तयार पर्दा सम्म सडक मार्ग सञ्चालनमा आउन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो ।

सिन्धुलीलगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पाहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताउनुभयो ।

खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको प्रहरीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको