Like us!
Follow us!
Connect us!
Watch us!

कृषकलाई पशुस्वास्थ्य औजार वितरण

आइतबार, २६ मंसिर २०७३, १० : २७ मा प्रकाशित

कृषकलाई पशुस्वास्थ्य औजार वितरण

अर्थ संसार 
धादिङ – जिल्लाको धुषा, कम्पुर र दार्खा गाविसका १२ जना कृषकलाई कृषि तथा पशुस्वास्थ्य औजार हस्तातरण गएिको छ । धुषा,कुम्पुर र दार्खा गा.वि.स.का लक्षीत समुदायको आयआर्जनमा सहयोग पुर्याउने र स्थानीय स्तरमा नै प्राविधिक सेवामा सहजताको लागि ६/६ जनालाई ग्रामीण कृषि र ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता क्रमश :४५ दिने ३५ दिने तालीम पछि सेवा प्रवाह सहजताको लागि औजार सहितको किट वितरण गरिएको हो ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्र्तगत सामाग्री सहयोग गरिएको हो ।  प्रयास नेपालका अध्यक्ष श्री उषा वि.क.को अध्यक्षता र जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र गौतमको प्रमुख आतिथ्यता,अक्सफामका उप कार्यक्रम व्यवस्थापक श्री हासा कुमारी मल्ल,जिल्ला पशुसेवा कार्यालयका कृष्ण प्रसाद कोईरालाको आतिथ्यतामा सहभागीहरुलाई कृषि तथा पशस्वास्थ्य सम्वन्धि सामाग्री हस्तान्तरण गरिएको हो ।

स्थानीय स्तरमा प्राविधिक सेवा दिने जनशक्ति अभाव भएको समयमा गाउँमा नै स्थानीय प्राविधिक उत्पादन गर्ने लक्ष्य सहित गरिएको कार्य स्रहनीय रहेको उल्लेख गर्नु हुँदै तालीम पछि सामाग्री पाउनु भएका व्यक्तिहरुले कृषकहरुको घरद्रलोमा गई आफूले प्राप्त गरेका सीप प्रदान गर्नु पर्नेमा अतिथिहरुले सुझाउनु भएको थियो । प्रति व्यक्ति ४० हजार बराबरको सामाग्री वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।  

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरु आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको