Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगार विभागमा प्रहरीको एक्सन, एकै पटक समातिए ३६ विचौलिया

बुधबार, २३ फागुन २०७४, १६ : ४४ मा प्रकाशित

वैदेशिक रोजगार विभागमा प्रहरीको एक्सन, एकै पटक समातिए ३६ विचौलिया

अर्थ संसार, काठमाडौँ– वैदेशिक रोजगारीमा जान चाहने युवालाई ठगी गरेको अभियोगमा प्रहरीले ३६ जना विचौलियालाई वैदेशिक रोजगार विभागको श्रम कार्यालय ताहाचलबाट पक्राउ गरेको हो ।

सेवाग्राहीलाई दुख दिएको तथा अनावश्यक शुल्क उठाएको आरोपमा प्रहरीले उनहिरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई सार्वजनिक अपराधको मुद्दामा कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई एकै स्थानबाट पक्राउ गरेको हो । नेपाल प्रहरीले विचौलियालाई कारवाही गर्ने अभिप्रायले गरेको यो पहिलो र आर्कषक एक्सन भन्दै सेवाग्राहीले प्रहरीलार्य धन्यवाद समेत दिएका छन् ।

सर्वसाधारणलाई काम गरिदिन्छु भनेर तोकिए भन्दा बढी रकम लिएको व्यापक गुनासो र उजुरी आएपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

श्रम स्वीकृतिका लागि युवालाई काम अड्काएर तिर्नु पर्ने भन्दा धेरै रकम उठाएको लिखित तथा मौखिक उजुरी आएपछि धेरै जसो विचौलिया पक्राउ गरिएको काठमाडौँ परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नियम अनुसार आफ्नो काम आफै गर्छु भन्दा समेत विचौलियाले नदिएको पीडितहरुको भनाइ छ । पक्राउ परेका सबैलाई सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको