Like us!
Follow us!
Connect us!
Watch us!

ओरिएन्टल बैंकमा ३९० करोडको घोटाला

आइतबार, १३ फागुन २०७४, १६ : ३१ मा प्रकाशित

ओरिएन्टल बैंकमा ३९० करोडको घोटाला

अर्थ संसार, काठमाडौं–  पञ्जाब नेशनल बैंकको घोटाला सार्वजनिक भएलगत्तै भारतको अर्को ओरिएन्टल बैंक अफ कमर्समा करोडौंको घोटाला सार्वजनिक भएको छ ।

टाइम्स अफ इन्डियाको खबरअनुसार, सीबीआईले दिल्लीको ओरिएन्टल बैंक अफ कमर्सको एक शाखाबाट ३९० करोड भारुको घोटाला गरिएको छ ।

राजधानीकै एक गहनापसलविरुद्ध बिहीवार धोकाधडीको मुद्दा दर्ता गरेको छ । सीबीआईले हीरा, सुन र चाँदीको गहना बनाउने र व्यापार गर्ने करोलबागका द्वारकादास सेठ इन्टरनेसनलमाथि अनुसन्धान गरिरहेका छन् ।

उक्त संस्थाका निर्देशक सन् २०१४ मा नै परिवारसमेत भारत छोडेर गएको सीबीआईले शनिवार बताएको छ ।

यो कम्पनीलाई चार मानिसले चलाउँछन् । तिनमा पञ्जाी बागका सभ्य सेठ, रीता सेठ र सराय काले खाँका कृष्ण कुमार सिंह र रवि कुमार सिंह पनि छन् । यी चारैविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

बीबीसी हिन्दीबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको