Like us!
Follow us!
Connect us!
Watch us!
१२.२५ अंकले घटेको बजारमा २९ करोडको कारोबार

शेयर बजार घट्ने क्रम रोकिएन

आइतबार, १३ फागुन २०७४, १५ : २९ मा प्रकाशित

शेयर  बजार घट्ने क्रम रोकिएन

अर्थ संसार, काठमाडौं– कारोबार भएको १० वटा समूहमध्ये ९ वटा समूह ओरालो लाग्दो पुँजी बजार १३७४.६८ विन्दुमा पुगेको छ ।

१२.२५ अंकले घटेको बजारमा २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एकस्चेन्ज (नेप्से) का अनुसार कुल १ सय ४६ वटा कम्पनीको ५ लाख २८ हजार ६ सय ४० कित्ता शेयर खरिदविक्री भएको छ ।

साताको पहिलो दिन (आज) आइतबार दोहोरो अंकले घटेको बजारमा होटल बाहेक अरु सवै समूहमा राताम्मै भएको छ ।

बैकिङ १३.६५, विकास बैंक १०.५, जलविद्युत १५.६७, फाइनान्स २.४३, विमा ४५.२७, उत्पादन ५.७३, अन्य ३.९७ र माइक्रोफाइनान्स १२.९ अंकले घटेको छ । यता होटल समूह भने १.७१ अंकले बढेको छ ।

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a92867dc361a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको