Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् विस्तार हुँदै, एमाले र माओवादीबाट मनत्रीको दाबेदार को को ?

बुधबार, ०९ फागुन २०७४, ०८ : ४५ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार हुँदै, एमाले र माओवादीबाट मनत्रीको दाबेदार  को को ?

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । पार्टी एकीकरण गर्न माओवादीसँग सहमति भएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका हुन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले (आज) बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए ।  मन्त्रिपरिषद् विस्तार हुन्छ, सरकारले छिटै पूर्णता पाउँछ,’ ज्ञवालीले भने ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसहित केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । पोखरेल र ज्ञवालीलाई परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयमध्येबाट जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र पार्टीका नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

एमालेमा ३० जनाभन्दा बढी मन्त्रीको दौडमा छन् तर माओवादीसहित मिलाएर २५ जनालाई मात्र अटाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई छ ।

एमालेमा मन्त्रीका दाबेदार

चर्चामा स् भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बास्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पद्मा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले, गणेशसिंह ठगुन्ना

माओवादीबाट सम्भावित मन्त्री

चर्चामा स् रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको