Like us!
Follow us!
Connect us!
Watch us!

डा खतिवडा बन्लान् त ओली सरकारको अर्थमन्त्री

मंगलबार, ०८ फागुन २०७४, १२ : ४१ मा प्रकाशित

डा खतिवडा बन्लान् त ओली सरकारको अर्थमन्त्री

अर्थ संसार, काठमाडौं– सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेको छ ।

 केपी ओली नेतृत्वको सरकारले आज मात्रै डा खतिवडालाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरेको हो । उनलाई अर्थमन्त्री बनाउन लागिएको चर्चा पनि सँगै सुरु भएको छ ।

उनलाई भावी अर्थमन्त्रीको रुपमा पनि हेरिएको छ । एमाले भित्र अर्थमन्त्रीका लागि सुरेन्द्र पाण्डे, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायलते लविङ गरिरहेका छन् ।

एमाले र माओवादी केन्द्रको निर्वाचन घोषणापत्र निर्माणमा समेत सहयोग गरेको, पछिल्लो पटक दुई दलबीचको आर्थिक कार्ययोजनाको मस्यौदा बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डा खतिवडालाई अर्थमन्त्री बनाउने लक्ष्यका साथ उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरिएको हुन सक्ने बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको