Like us!
Follow us!
Connect us!
Watch us!

एमाले र माओवादी केन्द्रको ७० बुँदे कार्ययोजना : ऊर्जा र कृषि प्रमुख प्राथमिकतामा

सोमबार, ०७ फागुन २०७४, १३ : १२ मा प्रकाशित

एमाले र माओवादी केन्द्रको ७० बुँदे कार्ययोजना : ऊर्जा र कृषि प्रमुख प्राथमिकतामा

अर्थ संसार, काठमाडौँ – नेकपा (एमाले र नेकपा(माओवादी केन्द्र)ले आथिृक समृद्धिका ७० बुँदे खाका तयार पारेको छ । सो खाका आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको छ ।

कार्यदलका एक सदस्य तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले झण्डै ७० बुँदा रहेको प्रतिवेदनमा कृषि एवं औद्योगिक, पूर्वाधार विकासका विषय समेटिएको बताएका छन् ।

कृषि तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उक्त कार्ययोजनाले आगामी पाँच वर्ष भित्र मुलुकलाई नयाँ उचाईमा उठाउने उल्लेख गरिएको छ ।

जनताले हरेक क्षेत्रमा र मौलिक हकका कुरा प्रत्यक्ष अनुभूति हुने गरेर पाँच वर्षभित्र गरिनुपर्ने काम कसरी सक्न सकिन्छ भनेर छलफलमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारिएको बताइएको छ ।

दुई पार्टीको संयुक्त चुनावी घोषणापत्रमा सार्वजनिक गरिएका विकासका लक्ष्य सार्थक तुल्याउन कतिपय नयाँ र महत्वाकाक्षी कार्यक्रम पनि कार्ययोजनामा समावेश गरिएको छ ।

प्रतिवेदनमा आगामी पाँच वर्षभित्र गरिनुपर्ने कामको रूपरेखा, आवश्यक कानून र लागतबारे उल्लेख गरिएको कार्यदलका संयोजक एमाले उपाध्यक्ष वामदेव गौतमको भनाइ छ ।

वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि गठन गरिएको कार्यदलमा दुवै दलका नेता र केही विज्ञलाई राखिएको थियो । सोही समितिले ७० बुँदे कार्ययोजना बनाएको हो ।

यो पनि पढ्नुहोस्

१७ कम्पनीको ५ करोड कित्ता सेयर आउँदै कुन कम्पनीको कति ?

कृषि विकास बैंकमा सीआस्वा सेवा, लगानीकर्तालाई रजिष्ट्रशन नम्बर लिन आग्रह, के हो सीआस्वा सेवा ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको