Like us!
Follow us!
Connect us!
Watch us!
कुन कम्पनीको कति ?

१७ कम्पनीको ५ करोड कित्ता सेयर आउँदै

सोमबार, ०७ फागुन २०७४, ११ : ५६ मा प्रकाशित

१७ कम्पनीको ५ करोड कित्ता सेयर आउँदै

अर्थ संसार, काठमाडौं– नेपाली बजारमा लद्युवित्त कम्पनीको शेयरको बाढी सकिएको समयमा अबका दिनमा जलविद्युत आयोजनको शेयर धेरै बजारमा आउँने देखिएको छ ।

हाल नेपाली शेयर बजारमा जलविद्युतको शेयरको छुट्टै समूह भएपनि त्यसको संख्या उच्च नभए पनि अबको केही महिनामा जलविद्युतको शेयरको हिस्सा नेपाली शेयर बजारमा उच्च हुने देखिएको छ ।

हाल नेपाल धितोपत्र बोर्डमा साधारण शेयरका लागि आवेदन दिएर स्वीकृतिको पर्खाइमा रहेको धेरै कम्पनीहरमा जलविद्युत कम्पनीहरु नै धेरै रहेका छन् ।

तीन अर्ब ८० करोड १० लाख रुपैयाँको हारहारीमा चार करोड ९४ लाख २५ हजार २९४ कित्ता साधारण सेयर (आइपिओ) निष्काशनको पर्खाईमा रहेको छ ।

हाल धितोपत्र बार्डमा १७ वटा कम्पनीले आइपीओ तथा एफपिओको लागि आवेदन दिएकोमा धेरै कम्पनीहरु जलविद्युत क्षेत्रको रहेको छ ।

नेपाल धितोपत्र बोर्डद्धार प्राप्त तथ्याङक अनुसार हाल १७ वटा कम्पनीको तीन अर्ब ८० करोड १० लाख रुपैयाँको हारहारीमा चार करोड ९४ लाख २५ हजार २९४ कित्ता साधारण सेयर (आइपिओ) निष्काशनको पर्खाईमा रहेको छ ।

कृषि विकास बैंकमा सीआस्वा सेवा, लगानीकर्तालाई रजिष्ट्रशन नम्बर लिन आग्रह ,के हो सीआस्वा सेवा ?

बोर्डमा आवेदन दिएर पर्खाइमा रहेका १७ वटा मध्ये १५ वटा कम्पनी जलविद्युत समूहका रहेका छन् ।

यसै महिना ठूलो लगानीको रसुवागढी  र सञ्चयकोषका निक्षेकर्ता र सर्वसाधारण लागि जारी हुने भएको छ ।

निर्माण सम्पन्न हुने अवस्थामा रहेको र कर्मचारीलाई शेयर वितरण गरिसकेको अपर तामाकोसी जलविद्युतले भने स्थानीय र साधारणलाई एकैसाथ साधारण शेयर जारी गर्ने जनाएको छ ।

कुन कम्पनीको कति कित्ता ?

5a8a6f740b347.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको