Like us!
Follow us!
Connect us!
Watch us!
के हो सीआस्वा सेवा ?

कृषि विकास बैंकमा सीआस्वा सेवा, लगानीकर्तालाई रजिष्ट्रशन नम्बर लिन आग्रह

सोमबार, ०७ फागुन २०७४, १० : ५५ मा प्रकाशित

कृषि विकास बैंकमा सीआस्वा सेवा, लगानीकर्तालाई रजिष्ट्रशन नम्बर लिन आग्रह

अर्थ संसार, काठमाडौं– कृषि विकास बैंकले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ ।

बैंक आज एक सूचना प्रकाशित गरी खाताधारीहरुलाई यस्तो आग्रह गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्देशिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ ।

कृषि विकास बैंकले आफ्नो बैंकमा खाता भएका सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्ट्रेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेको हो ।

को हो सीआस्वा सेवा ?

नलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि(आस्वा प्रणाली भनिन्छ ।

यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ ।

त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration Number) नम्बर दिनेछ । यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले अब उप्रान्त बैंकमा नगई नै हरेक पटक IPO, FPO, Mutual Fund Right share घरमै बसी/बसी भर्न सक्नेछ्न ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको