Like us!
Follow us!
Connect us!
Watch us!

संघीय संसद्को बैठक फागुन २१ गते , राष्ट्रपतिले गरिन आह्वान

सोमबार, ०७ फागुन २०७४, ११ : २७ मा प्रकाशित

संघीय संसद्को बैठक फागुन २१ गते , राष्ट्रपतिले गरिन आह्वान

अर्थ संसार, काठमाडा– राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालकाअनुसार राष्ट्रपति भण्डारीले आज उक्त बैठकको आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ –नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७४ साल फागुन २१ गते सोमबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको