Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश ७ मा शाह गृह र बोहरा अर्थमन्त्री

शनिबार, ०५ फागुन २०७४, १९ : ५० मा प्रकाशित

प्रदेश ७ मा  शाह गृह र बोहरा अर्थमन्त्री

अर्थ संसार,  धनगढी – प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ ।

माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् ।

एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् ।

बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको