Like us!
Follow us!
Connect us!
Watch us!

एक करोड १९ लाख ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

आइतबार, २८ माघ २०७४, १५ : १६ मा प्रकाशित

एक करोड १९ लाख ठगीको आरोपमा सहकारीका अध्यक्ष  पक्राउ

अर्थ संसार, काठमाडौँ– सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको  आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो ।

सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफुखुशी खर्च गरेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।” आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको