Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसीसँग ४ विकास बैंकलाई आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृति

सोमबार, २० मंसिर २०७३, १४ : २३ मा प्रकाशित

एनसिसीसँग ४ विकास बैंकलाई आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ संसार

काठमाडों–नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्शसँग अरु चार बिकास बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक संचालक समितिको बैठकले ती पाँच बैंकलाई आपसमा गाभिएर संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो ।

एनसीसीमा सुप्रिम विकास बैंक, ईन्टरनेशनल डेभलपमेन्ट बैंक, ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र एपेक्स डेभ्लपमेन्ट बैंक गाभिने छन् । राष्ट्र बैंकको स्वीकृतिपछि पाँच वटैं बैंकले एनसिसि बैंककै नामा संयुक्त कारोबार गर्ने छन् । 

राष्ट्र बैंकले स्वीकृति दिए पनि मर्जरको क्रममा तयार पारिएको सम्पति तथा दायित्वको मूल्यांकन प्रतिबेदन (डीडीए) प्रति असन्तुष्टि जनाउँदै एनसिसीको संस्थापक एनबी समूहले अदालतमा हालेको मुद्धा टुंगिएको  छैन । काठमाडों जिल्ला अदालतले मर्ज रोक्न आदेश जारी गरेको छ ।  

एनसीसीमा एनबी समूह र निर्मल प्रधान समूहबीचको झगडाले संस्थागत सुशासन कमजोर बनेपछि राष्ट्र बैंकले झण्डै तीन बर्ष अघि आफ्नो नियन्त्रणमा लिएर चलाइरहेको छ । राष्ट्र बैंकको ब्यवस्थापनले उल्लेखित बिकास बैंकहरुलाई आपसमा गाभेर सबल बैंक बनाउने तयारी गरेको थियो । यसअघि गाभिन संम्झोता गरेको कुमारी बैंक मर्ज प्रक्रियाबाट बाहिरिएको थियो । 

सम्झौता अनुसार एनसीसीमा गाभिएपछि एनसीसीको एक सय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको छ । मर्जपछि एनसीसीको चुक्तापूँजी ६ अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।

यो पनि पढ्नुहोस् 

मिर्मिरेको बुक क्लोज कहिले ?

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस

सेयर भर्दा खातामै रकम लक गर्ने सेवा सुरु गर्न ६ बैंकले दिए निवेदन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको