Like us!
Follow us!
Connect us!
Watch us!

फर्ष्ट माइक्रोफाइनान्समा लगानी गर्दा फाइदा कि नोक्सान ?

बुधबार, ०३ माघ २०७४, ०८ : ४० मा प्रकाशित

फर्ष्ट माइक्रोफाइनान्समा लगानी गर्दा फाइदा कि नोक्सान ?

अर्थ संसार, काठमाडौं– चालु आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. ४ करोड ७६ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी ७२ प्रतिशतले बढेर रू. ४५ करोड ६२ लाख र जगेडा कोषको रकम ५७ प्रतिशतले बढेर रू. ११ करोड ९३ लाख पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. २० दशमलव ९१ र निष्क्रिय कर्जा शून्य रहेको छ । साथै कम्पनीले पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट पुस २३ गते स्वीकृती पाएको थियो । माघ ८ गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वर्गिकरणः लघुवित्त कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ८२९
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २२५०
५२ हप्ताको न्युन व्यापार मूल्यः रू. ५१६
१८० दिनको औषत व्यापार मूल्यः रू. ९६४.३५

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः सुरेन्द्र राज रेग्मी
प्रमुख कार्यकारी अधिकृतः भेष राज पन्थी
प्रधान कार्यालयः ज्ञानेश्वर, काठमाडौं
वेबसाइटः www.fmdb.com.np
स्टक टिकरः एफएमडिबिएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ७४ प्रतिशतबाट घटेर १० दशमलव ४५ प्रतिशतमा सिमित भएकोे छ भने चालू आवको दोस्रोे त्रैमासको कम्पनीको लगानी रू. २० लाख रहेको छ ।

  • यस कम्पनी नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘घ’ वर्गको थोक लघुकर्जा प्रदायक वित्तीय संस्था हो । दोस्रो त्रैमासमा कर्जा तथा सापटि २४ प्रतिशतले बढेर रू. ३ अर्ब ७१ करोड ५० लाख पुगेको छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ८ करोड ५ लाख, कर्मचारी खर्च रू. ८९ लाख ९८ हजार, अन्य सञ्चालन खर्च रू. ६५ लाख ५२ हजार र सञ्चालन नाफा रू. ७ करोड ४९ लाख रहेको छ ।

  • स्थिर सम्पती १६ प्रतिशतले घटेर रू. ५९ लाख ७७ हजारमा सिमित भएको छ भने अन्य सम्पती रू. २ करोड ५९ लाख ५६ हजार पुगेको छ ।

  • कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ३१ लाख ३३ हजार छुट्याएको छ भने पूँजीकोष प्रर्याप्तता १५ दशमलव ७८ प्रतिशत रहेको छ ।

  • कम्पनीले प्रकाशन गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. २० दशमलव ९१, मूल्य आम्दानी अनुपात ४० दशमलव १८, तरलता अनुपात १२ दशमलव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २६ दशमलव १७ पुगेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको साढे ६ गुणा छ ।

प्राविधिक विश्लेषण
खरीद चापः कम्पनीको मङ्गलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी भएको छ । सो अवधिसम्म ५ हजार ७ सय ६३ कित्ता शेयर खरीद र ३ हजार ५ सय १० कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र

 

१६ अक्टोबर २०१७                                                   १६ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएसन

१६ अक्टोबर २०१७                                                   १६ जनवरी २०१८

आरएसआई

१६ अक्टोबर २०१७                                                   १६ जनवरी २०१८

मुभिङ् एभरेज

१६ अक्टोबर २०१७                                                   १६ जनवरी २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६० दिनको कारोबार हेर्दा अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बियरिश प्याटर्नमा जाने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६० दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (४३ दशमलव ७५ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीकोे ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १२ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । हालको मूल्य रू. ८ सय २३ बाट बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८ सय १५ मा टेवा पाउन सक्छ भने मूल्य महंगिएमा रू. ८ सय ६० मा प्रतिरोध हुने सम्भावना देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको