Like us!
Follow us!
Connect us!
Watch us!

बीपी राजमार्गको यस्तो छ भाडा दर, ठगिनु होला

मंगलबार, ११ असोज २०७३, १५ : ३४ मा प्रकाशित

बीपी राजमार्गको यस्तो छ भाडा दर, ठगिनु होला

अर्थ संसार
काठमाडौं– दशै नजिकिएसँगै काठमाडौँवाट बनेपाहुँदै पूर्व जाने सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको छ । सरकारले तोकेको भाडा दर थाहा पाउनु भयो भने तपाईं ठगिनबाट जोनिु हुने छ ।

भौतिक पुर्वधार तथा यातायात व्यावस्था विभागले काठमाडौं–धुलिखेर–सिन्धुलीहुँदै गुड्ने सवारी साधनको भाडा निर्धारण गरेको छ ।
यातायात व्यावस्था विभागले निर्धारित गरेको भाडामा काठमाडौं–नयाँ वसर्पाक–धुलिखेल– खुर्कोट–सिन्धुली–वार्दिवास ५ सय ३३ रुपैयाँ, मन्थली ३ सय ८१, तामाकोशी चरिकोट ५ सय ७३, तामाकोशी जिरी ६ सय ५३, चरिकोट ४ सय ६८, विराटनगर ८ सय ५६, धरान ८ सय ५१, धनकुटा ९ सय १२, काकरभिट्टा ९ सय ७४, भद्रपुर ९ सय ६७, गौरीगन्ज ९ सय ३१, वसन्तपुर हिले १ हजार ८५, जनकपुर,५ सय ७१ र दमक ८ सय ९३ निर्धारण गरेको हो ।

यस्तै मूल्य निर्धारण गर्दा विभागले नियमावालीसमेत सर्वजानिक गरेको छ । सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को दफा ८१ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ३२ बमोजिम विशेष काम कुनै सार्वजानिक इजाजत पत्रमा लेखिएको वाटोवाहेक अन्य कुनै वाटोमा सर्वजनिक सवारीधनी वा व्यवस्थापकले वाटो इजाजत लिन सक्ने भएकाले पटकपटक पटके वाटो इजाजत लिई सन्चानल गर्न नपाईने नियमवाली वनाएको छ ।

डिलक्सको हकमा भने तोकिएको भाडामा २० प्रतिशत थप गरी भडा लिन पाउने व्यावस्था गरेको छ । विभागले कुनै सवारी साधनले निर्धारण गरिएभन्दा वढी पैसा असुल गरेमा कारबाही गर्ने जनाएको छ ।

५ असोज,०७३

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको