Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

बुधबार, १२ पुस २०७४, १९ : ०३ मा प्रकाशित

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

अर्थ संसार, काठमाडौँ– नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो ।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि रु १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०।२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

उक्त कम्पनीले नेपाल सरकारलाई रु ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको